उपेन्द्र र अशोक विहीबार इलाम आउँदै

इलाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई विहीबार इलाम आउँदैछन् ।

जनता समाजवादी पार्टी इलामद्वारा आयोजना हुने वृहत जनसभालाई सम्बोधन गर्न यादव र राई इलाम आउन लागेका हुन् ।

कार्यक्रममा अन्य शीर्ष नेताहरु समेत आउने भएका छन् । कार्यक्रममा अध्यक्ष यादव, वरिष्ठ नेता राई, केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारी, युवराज कार्की, परसुराम बस्नेत, सुशिला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति सदस्य खगेन्द्र माखिमलगायत इलाम आउँदैछन् ।

कार्यक्रमका लागि यादव बुधबार साँझ नै इलाम सदरमुकाम आउँदैछन् । अन्य अधिकाशं नेताहरु बुधबार साँझ नै आउनेछन् भने केही नेताहरु विहीबार विहान आउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार