गाउँमै दूधबाट लाखौं आम्दानी

माइजोगमाई : गाउँघरमा किसानहरुको दैनिक आयश्रोत राम्रो दुहुनो गाई, भैंसी पाल्नु र स्याहार्नु सक्न्नु हो ।

दुई दसक पहिले गाउँघरमा दूध बिक्न मुस्किल थियो । त्यसैले खेतीपाती धेरै गर्नु बाहेक अर्को बिकल्प नभएकोले वारि मलाउन र मलको लागि मात्र गाईबस्तु पाल्ने चलन चल्ती थियो । जब शहर बजार जस्तै गाउँमा क्रमिक रुपमा दूध बिक्न थाल्यो किसानहरुले बिस्तारै दूधदेखि आम्दानी लिन थाल्यो ।

सुरुमा गाउँमा सामान्य एउटा डेरि हुने भएकोले किसानको दुधको मुल्यले बजार पाउन सक्न्ने कुरो नै भएन । जुन समय गाउँघरमा एउटा मात्र डेरी भएकोले संचालकले जति भन्यो । उहीँ मुल्यमा किसानहरुले दूध दिनुपर्ने बाध्यता रहेको थियो । यहि बाध्यताले दसकौ सम्म किसानले पानी भन्दा सस्तो मुल्यमा दूध बेच्नु पर्थ्यो । तर ती बिगतका दिनहरु सपना जस्तै भए ।

अहिले दूधबाट भनेको परिकारहरु छिमेकी देश भारत बाहेक तेश्रो मुलुकमा निर्यात हुन जब सुरु हुन थाल्यो । तब सहर बजार भन्दा गाउँघरमामा डेरिहरुको सख्या उल्लेखनीय रुपमा धेरै स्थापना हुन थाले । जसले क्रमिक दुधको मुल्य वृद्धिमा होडबाजी चल्न थाल्यो । बाक्लो डेरि स्थापना भए भएकोले किसानहरुको दुधले सजिल्लै बजार पाउन थालेको हो ।

यसरी गाउँमै दुधले बजार पाउन थालेकोले अहिले प्रत्येकले किसानहरुले दुहुनो गाई, भैंसी पालेर दुधबाटै लाखौं रुपया कमाउन थालेका छन् । यसरी दुधबाटै किसानहरुले मनग्ये आमदानी लिन थालेकोले धेरैले अहिले लाखौं मुल्यमा खरिद गरेर राम्रोराम्रो दुहुनो गाई भैंसी पाल्न थालेका छन् ।

पहिले डेरि संन्चालकले थोरै मुल्यमा किसानहरुको घरबाट लिटर द्वारा दुध संकलन गर्ने गरेता पनि हाल कृमबाट दुधको मूल्य निधारण गरिएको हुदा दुधले राम्रो मूल्य पाउन थालेको हो । दुहुनोलाई समय मिलाएर राम्रो घाँसपराल र खोले दिएर स्याहारे गाईभैसीले दुध धेरै दिनुको अलवा कृम पनि राम्रो बस्ने गरेको छ । दुधले राम्रो बजार पाएकोले गाई, भैसीको दुध बेचेरै किसानले आफ्नो वर्ष दिनको घर खर्च टारेर पनि आज भोलि लाखौं रुपैया आम्दानी लिन थालेका छन् ।

इलाम प्याङका सोमबहादुर मगर द्वन्द्वकालमा ज्यान जोगाउनकै लागि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया ५ वर्षे बसेर फर्किन्दा आफ्नो ज्यान बाहेक केही ल्याउन सकेनन् । तरपनि उनी हरेस पटक्कै खाएन्न । विदेशमा गरेको दु:ख आफ्नै देशमा गर्दा केही हुन्छ भन्ने उदेश्यले २ माउ भैंसी र १ माउ दुहुनो गाई किनेर पाल्न थाले शुरुमा सोचे जस्तो दुधले आम्दानी दिन नसकेपनि निरन्तर मेहनत गरिरहँदा अहिले दुधको कृम हेरेर पैसा दिन थालेपछि राम्रो आम्दानी दिन थालेको छ ।

एक छटाङ कृमको ६० रुपैयाँ दिने गरेको छ । हाल उनको बिहान, बेलुकीको दुधको कृमको २५ सय देखि २८ सयसम्म बस्ने गरेको छ । उनको लागत खर्च कटाएर मासिक खर्च ४६ हजारदेखि ५० हजारसम्म दुधबाट आम्दानी लिने गरेको छ ।

उनको यो मिहिनेत देखेर अहिले छिमेकीहरुले पनि सिको गर्न थालेका छन् । दूध अलवा पाडा, पाडी, बाछा बाछी पनि वर्षदिन भएपछि बेच्न सकिने भएकोले थप आम्दानी हुन्छ । यसरी दूधबाटै राम्रो आम्दानी हुन थालेकोले इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकामा दुधालु गाई भैंसी पाल्न सबै किसान लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार