अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ

बाँके : नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँ सहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका खान उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार