चितुवाको छाला सहित ३ जना पक्राउ

बाँके : राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार