साढे ४५ करोडको संसोधित बजेट पारित गर्दै माङसेबुङको आठौं गाउँसभा सम्पन

माङसेबुङ : ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै माङसेबुङ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रस्तुत गरेको अनुमानित ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । सातौं गाउँसभाबाट पारित ३३ करोड ११ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेटलाई आठौं गाउँसभाले १२ करोड ४२ लाख ३० हजार ६ सय ५२ रुपैयाँ संसोधन गरेर पारित गरेको हो ।

गाउँसभाले आयतर्फ संघीय समानीकरण अनुदान ८ करोड ७८ लाख, संघीय राजस्व बाँडफाँड ६ करोड ७२ लाख ९३ हजार ३०, प्रदेश समानीकरण अनुदान ६९ लाख ९१ हजार, प्रदेश सवारी कर बाँडफाँड ४९ लाख ४ हजार, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय ६२ लाख, मौज्दात १० लाख ११ हजार ९ सय ७०, संघीय सशर्त अनुदान १४ करोड ६९ लाख रुपैयाँ उल्लेख गरेको छ ।

त्यस्तै संघीय सशर्त अनुदान थप १ करोड १४ लाख ४८ हजार, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, बाँकी बैंक मौज्दात ५ करोड ९१ लाख २८ हजार ६ सय ५२ रुपैंयाँ उल्लेख गरेको छ । गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ ।

त्यस्तै व्ययतर्फ  माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा ८३ लाख ५१ हजार, २ मा ७१ लाख ५१ हजार, ३ मा ८६ लाख ५१ हजार, ४ मा ७८ लाख ५१ हजार, ५ मा ९३ लाख ५१ हजार, ६ मा ८४ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रमा ७१ लाख ५० हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ५ लाख, आर्थिक क्षेत्रमा ९४ लाख ४४ हजार, पूर्वाधार क्षेत्रमा ३ करोड ९२ लाख ६० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ६ लाख १६ हजार ६ सय ५२ रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारबाट हस्तान्तिरित कार्यक्रममा १५ करोड ८३ लाख ४८ हजार, प्रदेश समपूरक अनुदान  १ करोड, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, पशुसेवा शाखा २० लाख, उर्जा विकास कार्यक्रममा ४२ लाख ५० हजार, स्वास्थ्य शाखामा ४८ लाख ५२ हजार, शिक्षा, युवा तथा खेलकुद शाखामा १ करोड ३४ लाख १७ हजार, कृषि विकास शाखामा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै  ५ सदस्यीय लेखा समिति गठन गरेको छ । माङसेबुङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक मैतराज राईको संयोजकत्वमा लेखा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा सन्तबहादुर वि.क., इन्द्रबहादुर लिम्बू , राममाया लिम्बू र तिलरुपा सबेहाङ रहेका छन् ।

गाउँसभा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यतामा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार