सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने ओलीको चेतावनी

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड-माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिएका हुन् ।

प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे ।

‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ ओलीले भने । अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै उनेले त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह समेत गरे ।

देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने दाबी गरे । आफूले नेतृत्व गरेको नेकपाले चुनाबमा बहुमत ल्याउने उनले दाबी गरे ।

प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने भन्दै ओलीले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार