इलाममा बृहत धार्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द  305 पटक हेरिएको

इलाम : वैदिक सनातन धर्म संरक्षण समिती इलाम हिन्दु जागरण जिल्ला कार्यसमिति इलाम विश्व हिन्दु परिषद इलाम द्वारा संयुक्त आयोजित बृहत धार्मिक अन्तरक्रिया कार्यक्रम इलामका धार्मिक ब्यक्तित्व अर्जुन थापाको अध्यक्षता सम्पन्न भएको छ।

वैदिक सनात धर्म संरक्षण समिती इलामका अध्यक्ष कृष्ण घिमिरेले दिनुभएको जानकारी अनुसार कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय हिन्दु एकतामञ्च नेपालका संयोजक इन्द्र ओलीले गर्नु भएको थियो भने विशिस्ट अतिथि डा. तिलक चैतन्यजी महाराज,विश्व हिन्दु महासंघ प्र.न.१ प्रमुख मुकुन्द नेपाल लगायत विभिन्न अतिथि एवं धार्मिक ब्यक्तित्वहरुको बृहत उपस्थिति रहेको थियो ।

May be an image of 11 people, including Aryan Bishnu Bhattarai and people standing

कार्यक्रमा स्वागत मन्तव्य हिन्दु जागरण जिल्ला कार्यसमिति इलामका अध्यक्ष बिष्णु प्र.भट्टराईले राख्नु भएको थियो भने कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै वैदिक सनातन धर्म संरक्षण समिती इलामका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले कार्यपत्र पेश गर्नुभएको थियो । वैदिक सनातन धर्म संरक्षण समिती इलामका महासचिव कृष्ण प्रसाद भट्टराईले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि इन्द्र ओलीले अन्तरक्रिया कार्यक्रममा राखिएका जिज्ञासाहरु माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाले जनगणना २०७८ मा धर्मको महलमा हिन्दु धर्म भित्रकै अनेक पन्थ एवं सम्प्रदायहरुलाई समेत राखि भ्रम पैदा गरि हिन्दु धर्मको संख्या घटाउन खोजिएको हुनाले सजग भइ हिन्दु धर्ममा आस्था राख्ने सवैले हिन्दु धर्मनै लेखाउन आग्रह गर्नु भयो । कार्यक्रममा अन्य वक्ताहरुले पनि सोही विषयमा जोड दिनुभएको थियो ।

May be an image of 7 people and people sitting

५०० बढी उपस्थित रहेको कार्यक्रममा अधिकांसले भेष भुषा जातजातिको विभेदलाई अन्त्य गर्दै शास्त्र अनुकुल समय अनुकुल एव बैज्ञानिक ढंगबाट हिन्दु धर्मको संरक्षण र सम्वर्धन गर्नु पर्नेमा जोड दिए ।

May be an image of one or more people and people standing

May be an image of 5 people and people sitting

May be an image of 3 people, people sitting and people standing

May be an image of 2 people and people standing

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार