क्यान्सर पिडित देवानलाई माईजोगमाई गाउँपालिकाको सहयोग

इलाम : इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङका क्यान्सर पिडित मनमाया देवानलाई आर्थिक सहयोग स्वरुप गाउँपालिकाले नगद २० हजार प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पिडित देवानको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

राईले पिडितका छोरालाई आज चेक मार्फत सहयोग प्रदान गरेको स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए । देवान हाल झापाको विर्तामोड स्थित बिएन्डसी अस्पतालमा क्यान्सर रोगको उपचार गराइरहेकी छन् । आर्थिक अवस्था कमजोर भएको देवान परिवारलाई उपचारको लागि सानो भएपनि सहयोग मिलेको अध्यक्ष राईले बताए । आफ्नो क्षेत्रका विपन्न नागरिकहरुलाई कडा रोग लागेको खण्डमा गाउँपालिकाले सहयोग प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार