आलु थोरै रोपेपनि भाउ आएकोमा किसान खुशी

इलाम : माईजोगमाई गाउँपालिका प्याङका अम्बिका गौतमले यो वर्ष आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोपे ।

थोरै रोपेपनि आलुको राम्रो भाउ आएकोले उनलाई दुखेसो छैन । आलु पनि राम्रो फलेको र भाउ पनि आएको समयमा नै आलु बेच्न पाएकोले खुशी भएका छन् ।

गौतमले २० मन आलु प्रतिमन २ हजारले बेचे । सधैंजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मुल्यमा बेचेकोले गौतम आलु खेतीबाट सन्तुष्ट छन् ।

माईजोगमाई गाउँपालिकाको तल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बिउ आकिसिएकोले वीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आउलका आलु किसानहरु खुशी छन् ।

सोयाङका मुना ताम्लिङले थोरै आलु रोपेको कुनै पछुतो छैन । महँगो वीउ भएकोले थोरै आलु रोपेतापनि आम्दानी उठेर पनि आफुलाई पुग्दो भएकोले खुशी छन् । विगत वर्षमा भारतबाट आएको सब्जि गाउँगाउँमा पुगेकोले स्थानी अर्गानिक सब्जिले बजार पाउन सकेको थिएनन् ।

कोरोना भाइरसको कारण भारती सब्जी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा सब्जी व्यापारी छिर्न थालेकोले यो वर्ष आलुको मुल्यले राम्रो भाउ पाएको हो । कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने सिजन हो ।

सबै सब्जिमा सजिल्लै मिल्ने हुँदा सब्जीको राजा उपनामले पनि आलुलाई चिन्ने गर्छ । आलुको सब्जी बनाई खानु सजिलो भएकोले प्राय धेरै नेपालीहरुको भान्सामा सब्जीको लागि आलु भित्रिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार