माङसेबुङमा १०३ जनालाई कोरोना खोप

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिकामा १ सय ३ जनाले कोरोना विरूदको खोप (कोभिड भ्याक्सिन) लगाएका छन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नीति निर्देशन अनुसार प्रथामिकिकरणमा परेका सम्पूर्ण निजामति कर्मचारी, जनप्रतिनिधि, पत्रकार, स्वास्थ्य स्वयमसेविकाले सो खोप लगाएको माङसेबुङ गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदीप राईले जानकारी दिए । ६८ जना पुरूष र ३५ जना महिला गरि १ सय ३ जनाले खोप लगाएका हुन् ।

अहिले प्राथमिकतामा परेकालाई मात्र खोप दिइएको भएपनि सर्वसाधारण नागरिकका लागि स्वास्थ मन्त्रालयले चाँडै खोप ल्याउने कुरामा विश्वास रहेको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द ईदिङ्गोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार