फागुन १३ गते इलाममा जसपाको विरोधसभा, अध्यक्ष यादवसहित शीर्ष नेताले सम्बोधन गर्ने

इलाम : प्रतिनिधिसभा विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) इलामले फागुन १३ गते इलाममा जनप्रदर्शन र विरोधसभा गर्ने भएको छ ।

फागुन ४ गते बसेको जसपा जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष उपेन्द्र यादवसिहत शीर्ष नेताहरु इलाम आउने भएका छन् । जसपा इलामका सचिव याम योङहाङका अनुसार सभालाई सम्बोधन गर्न अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य रकम चेम्जोङ, सरदसिंश भण्डारी, युवराज कार्की, पर्शुराम बस्नेत, प्रदेश समिति अध्यक्ष प्रविण चाम्लिङ, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य मित्र चापागाईलगायत इलाम आउनेछन् ।

जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न जसपा इलामले जिल्लाबासीहरुमा अपिल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराए यता जसपाले विरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार