इलाम : प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। आज बसेको जसपा पदाधिकारी बैठकले ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराए यता जसपाले पनि यसको विरोध गर्दै आएको छ।
यस पार्टीले यसकै निरन्तरतास्वरप फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्न लागेको जनाएको छ ।