न कम्प्युटर छ, न फोटोकपी मेसिन !

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिकाका अधिकाशं विद्यालयहरूमा अहिले कम्प्युटर कक्षाहरू धमाधम संञ्चालन हुन थालेका छन् ।

गाउँपालिकाको सहयोगमा दक्ष कम्प्युटर शिक्षक नियुक्ति गरेर कम्प्युटर शिक्षण सुरु भएका छन् ।

त्यस्ता विद्यालयमा कम्प्युटर भएपछि आवश्यक काम गर्न समेत सहज भएको छ । प्रश्नपत्रहरू तयारी गर्न, फोटोकपी गर्न तथा चिठीपत्रहरुसहित अन्य कागजातहरु प्रिन्ट र फोटोकपी गर्न समेत सहज भएको छ ।

तर सोही गाउँपालिकाको कतिपय विद्यालयमा भने समस्या जस्ताको तस्तै छ । विद्यालयमा एउटा कम्प्युटर र फोटोकपी मेसिन समेत नहुँदा सास्ती वेहोर्नुपरेको छ ।

माङसेबुङ १ स्थित जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक भूमिका खडकालाई एउटा पत्र फोटोकपी गर्न समेत वडा कार्यालय धाउनुपर्ने बाध्यता छ ।

उनको विद्यालयमा न कम्प्युटर छ, न फोटोकपि मेसिन नै । ५९ जना विद्यार्थी रहेको सो विद्यालयमा अभिभावक भेलाका लागि पत्र लेख्न कार्बन नै चाहिने गरेको सड्का बताउँछिन् ।

पाठ्यक्रममा कम्प्युटर विषय भएपनि विद्यार्थीले अहिलेसम्म कम्प्युटर देख्न समेत नपाएको शिक्षक अशोक निरौला बताउँछन् ।

परीक्षाका लागि प्रश्नपत्र टाईप गरेर छाप्नका लागि ईलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेसम्म पुग्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक खड्का बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार