इलाममा चिरपट प्रहार गरी महिलाकाे हत्या

इलाम : इलामको सूर्योदय नगरपालिका–५ गोरखका दिनेश तामाङले श्रीमतीको हत्या गरेका छन् । १९ बर्षिय श्रीमती गिता तामाङको चिरपट प्रहार गरी दिनेशले हत्या गरेको प्रहरीले जनाएको छ । गए राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमतीको हत्या गरेको मृतकका दाजु राजेस कार्कीले बताए ।

घटना लगत्तै स्थानियले घाइते भएकी गितालाई फिक्कल अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जनाकारी दिए । लाशलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा पोष्टमार्टम लागि राखिएको छ । चिपर्ट प्रहार गर्ने दिनेशको खोजी कार्य भइरहेको सुवेदीले जानकारी दिए ।

मृतकको शरिरभरि नै निलडाम रहेको र टाउकोमा अत्याधिक चोट देखिएको प्रहरीले जनाएको छ । स्थानियका अनुसार मादक पदार्थ सेवन गरेर दिनेश बारम्बार श्रीमतीसंग झगडा गरिरहन्थे । मृतकको ६ बर्षिय छोरा र ३ बर्षिय छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार