माङसेबुङ : इलामको माङसेबुङमा संचालित ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि रोयल स्पोर्टिङ क्लब दमक झापाले जितेको छ ।
आइतबार भएको फाइनलमा एपीएपसी माङसेबुङलाई १-० ले पराजित गर्दै दमकले उपाधि जितेको हो । खेलको ११ औं मिनेटमा दमककी निकिता थोकरको गरेको एक मात्र गोल नै उपाधिका लागि निर्णायक बनेको थियो ।
जितसँगै दमकले १ लाख १ सय ६५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता माङसेबुङले ५० हजार १ सय ६५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा सोमबार वितरण हुने आयोजकले जनाएको छ ।
बिहिबारबाट आयोजित प्रतियोगितामा विभिन्न ८ टिमको सहभागिता रहेको थियो ।