कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए लगनखेलको निम्तो !


कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए लगनखेलको निम्तो !

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा चर्चित युवा नेता विश्वप्रकाश शर्माले भोलि फागुन ३ गते दिउँसो २ बजे ललितपुरको लगनखेलमा भेला हुन निम्तो दिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले प्रतिगमनविरुद्ध आवाज उठाउन सहभागिताका लागि निम्तो दिएका हुन् ।

शर्माले ट्विटरमा लेखेका छन्, ‘पाटन जब उठ्छ, पतन प्रतिगमनको प्रारम्भ हुन्छ, ०४६ को स्मृति यस्तै छ र ०६२/०६३ को पनि ! पछिल्लो प्रतिगमनविरुद्ध आउनोस् त्यही पाटन ललितपुरको लगनखेलमा जुटौं ! फागुन ३ गते अपराह्न २.०० बजे ।’

lagan.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहेको छ । भोलि फागुन ३ गते कांग्रेसले देशभर जिल्ला कार्यसमितिको अगुवाइमा आन्दोलन गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार