बाल संगठन इलामको सभापतिमा शंकर निर्वाचित

इलाम : नेपाल बाल संगठन इलाम जिल्ला कार्यसमितिको सभापतिमा नवराज शंकर निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न संगठनको जिल्लासभाबाट शंकर सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

बाल संगठनको जिल्ला सभापछि बसेको पहिलो बैठकले उपसभापतिमा भक्तबहादुर थामी, सचिवमा शारदा उप्रेती पराजुली र कोषाध्यक्षमा इश्वरी तामाङ्गलाई चयन गरेको छ ।

जिल्ला कार्यसमितिको सदस्यहरुमा प्रमिला तामाङ्ग, रुद्र थेवे, सम्झना राई, चन्द्रकला तामाङ्ग, अर्जुन योङ्हाङ्ग र सिर्जना पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

संगठनका तदर्थ जिल्ला कार्यसमिति सभापति नवराज शंकरको अध्यक्षता एवं नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेको प्रमुख आतिथ्यतामा भएको जिल्ला सभाले बालबालिकासँग सम्बन्धित सात बुँदे बिशेष प्रस्ताव पारित गरेको छ ।

जिल्ला सभा उद्घाटनका अवसरमा प्रमुख अतिथि न्यौपानेसहित जिल्ला समन्ववय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवीनराज राई, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष बीरबहादुर खड्का, पत्रकार महासंघकी जिल्ला अध्यक्ष कोकिला ढकाल, गैसस महासंघका अध्यक्ष कमल प्रसाद नेपाल, जनजाती महासंघका अध्यक्ष अभिषेक एक्तेन, मानव अधिकार मञ्चका देवेन्द्र विश्वकर्मा, प्याग नेपालका प्रकाश अधिकारीले शुभमाना मन्तव्य व्यक्त गरेका थिए ।

इलाम जिल्ला समन्वय समितिको समिक्षा हलमा सम्पन्न जिल्ला सभा उद्घाटन समारोहको सञ्चालन इश्वरी तामाङ्गले गरेका थिए भने भक्तबहादुर थामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार