पवित्रहाङमा कप : उपाधिका लागि माङसेबुङ र दमक भिड्दै

माङसेबुङ : इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा उपाधिका लागि एपीएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक भिड्ने भएका छन् ।

आइतबार दिउँसो माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा हुने फाइनलमा माङसेबुङ र दमक आमनेसामने हुँदैछन् ।

विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्ने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

शनिबार भएको पहिलो सेमीफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै रोयल दमक उपाधि नजिक पुगेको हो ।

रोयलकी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । फेरी २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकले धरानकी सुनाली लिम्बूको हेटिङले आत्माघाती गोलमा परिणत भएपछि रोयलले अग्रता पाए  ।

धरानले खेलको मध्यान्तर समयमा पनि कुनै गोल गर्न सकेन । मध्यान्तर पश्चात खेलको ७ औं मिनेटमा वविता विकको उत्कृष्ट प्रहारले गोल भएपनि धरानका लागि निर्णयक बन्यो ।

खेलको वुमन अफ दी म्याच धरानकी सुस्मीता राई घोषित भएकी थिइन ।

यस्तै दोश्रो सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी २-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ एपीएससी माङसेबुङ फाइलनमा प्रबेश गरेको छ ।

माङसेबुङकी  लक्ष्मी ठटालले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता दिलएकी थिइन । दोस्रो हाफमा २ औं मिनेटमा पुनः  माङसेबुङकै लक्ष्मीले नै गोल गरी अग्रता दोब्बर बनाइन । यसरी  लक्ष्मीले ११ औं पवित्रहाङमा कपमा ६ गोल गर्दै ह्याट्रीक गरिन ।

खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन ।

फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

विगत वर्षहरुझैं यसवर्ष पनि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता संचालित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार