पाँचथर : फाल्गुनन्द गाउँआलिका वडा नम्बर – ५ मा लागु औषध न्यूनीकरण सम्बन्धि दुई दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
अपराधिक क्रियाकलापलाई निरुत्साहित गदै सभ्य समाजको निर्माण गर्ने लक्ष्यले सामाजिक विकास कार्यक्रम अन्तर्गत वडाको आर्थिक सहयोगमा आदिवासी समाज विकास केन्द्र नेपाल,पाँचथरद्वारा कार्यक्रमको आयोजना गरेको ।
कार्यक्रममा सहजकर्ता नन्द कुमार नेम्बाङले लागु औषध के हो ? निषेध गरिएका कार्य,यसको प्रयोग गरेमा हुने दण्ड सजाय तथा लागु औषध नियन्त्रण ऎन २०३३ तथा संशोधन २०७२ बारेमा प्रशिक्षण गराइएको प्रशिक्षक नेम्वाङले जानकारी दिए ।
एक सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा ४६ हजार भन्दा बढीले लागु औषधको प्रयोग गरिरहेको छन् । काठमाडौं उपत्यका,पोखरा तथा झापामा लागू औषध प्रयोगकर्ता बढी रहे संगै अन्य शहरमा दिनानुदिन वृद्धि हुने क्रम छ ।
यो विश्व व्यापी साझा समस्या लागु औषधको प्रयोग अहिले बिकृतीको रूपमा मौलाएको अवस्था छ । यसको न्यूनीकरण गर्न नसके व्यक्ति,परिवार,समाज र सिङ्गो राष्ट्रलाई नै प्रतिकुल असर पुग्ने सहजीकरणमा बताइएको छ ।
वडाको दुई स्थानमा संचालन भएको उक्त कार्यक्रममा विद्यार्थी,युवा,युवती,महिला तथा पुरुष गरि ७० जना भन्दा बढीको सहभागिता रहेको गोष्ठी वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।