शशिकला स्मृति पत्रकारिता पुरस्कार कोषमा पत्रकार तिमसिनाको सहयोग

  नयाँ बुलन्द  91 पटक हेरिएको

पत्रकार सुजन तिम्सिना

इलाम : शसिकला स्मृति पत्रकारिता पुरस्कार कोषका लागि सहयोग जुटने क्रम तिव्र रुपमा अघि बढेको छ ।

शहिद स्मृति प्रतिष्ठान इलामले ३० हजार रुपैया जम्मा गरेर सुरु गरेको अक्षयकोषमा अहिले १ लाख १० हजार रुपैया भन्दा बढि पुगेको प्रतिष्ठानका जिवन शर्मा ढुङ्गानाले बताए ।

सोही क्रममा इलामका पत्रकार सुजन तिमसिनाले समेत कोषमा ५ हजार रुपैया सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम प्रेस संगठन इलामका संयाेजक समेत रहेका तिम्सिना लोकल सन्देश डटकमका प्रधान सम्पादक हुन् ।

त्यस्तै कोष बृद्धिको लागि अध्यक्ष टिका घिमिरे जिवन शर्मा, श्यामप्रसाद फुयाँल, किरण सुनुवार र विनय घिमिरेले जनही ५ हजार रुपैया प्रदान गरेका छन् । बुद्धमाया सोङ्मी र देवकुमार ठकुरीले जनही ३ हजार रुपैया सहयोग गरेको ढुङ्गानाले बताए ।

अन्यबाट सहयोग आउने क्रम तिव्र रहेको छ । कोष बाट आगामी २०७८ साल देखि इलाम जिल्लाको प्रगतिशिल पत्रकार, लेखकलाई छनौट गरि पुरस्कार वितरण गरिने भएको छ । पुरस्कार सहिद दिवस को दिन वितरण गरिनेछ । शशिकला आचार्य जनयुद्धको क्रममा इलामबाट प्रकाशित देउमाई गर्जनकी समाचार सम्पादक भएर काम गरेकी थिइन् ।

मोरङ जिल्ला स्थायी घर भएकी आचार्य पार्टीको कामको शिलसीलामा इलामको पुवामझुवा स्थित बिणापानीमा हत्या भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार