मागुना युवा समाजको कार्यालय उद्घाटन कुमार लिङ्देनबाट

  बुधराज योङहाङ
7 Shares

माई :  इलामको माई नगरपालिका ६ स्थित मगुना युवा सामाजको कार्यालय भवन उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ बाट गर्ने भएको छ ।

आगामी बिहीवार कार्यालयको उद्घाटन गर्न लागिएको हो । संगठन विस्तारका क्रममा महमाई आउन लागेका लिङदेनको हस्तवाहुलीबाट कार्यालय उद्घाटन गर्ने तयारी भएको सुरेश नेम्बाङले जानकारी दिए ।

विगतमा लिम्बुवानजन्य संगठनहरुबीच टुटफुट हुँदा लिम्बुवान प्राप्तिको आन्दोलन नै कमजोर भएकाले अब एकिकृत शक्ति निर्माण गर्नका लागि संगठन विस्तार अभियान सुरु गरिएको नेम्बाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार