पाँचथर : ताप्लेजुङ जिल्लाको फक्तालुङ्ग गाउँपालिकामा जनता समाजवादी पार्टी,नेपालको अध्यक्षमा डम्बर लाबुङ चयन भएका छन् ।
गाउँपालिका स्तरीय पार्टी समायोजन कार्यक्रम मार्फत उपाध्यक्षमा पुर्ण फेम्बु,लोकनाथ चौंलागाई र अमित फेम्बु रहेका छन् । सचिवमा हेम चन्द्र फादेन र सहसचिव मिलन फुरुम्बो,किशोर आङबुहाङ लिम्बू र आँसु लिम्बू छन् भने कोषाध्यक्ष हिलिहाङमा माबोहाङ ताप्मादेन सहित
५१ सदस्यीय समिति गठन भएको पार्टी केन्द्रिय सदस्य जेन्टल लावतीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री रकम चेम्जोङ,
विशिष्ट अतिथि केन्द्रिय सदस्य आङकाजी शेर्पा,खगेन्द्र माखिम,सबिन बानियाँ,निर्मला तावा,पदम अधिकारी,
प्रबिण चाम्लिङ, प्रदेश सदस्य चन्द्र मादेन लगायतले नवगठित समितिलाई कार्यकाल सफलता सहितको शुभकामना मन्तव्य राखेका थिए ।
पालिकाको तापेथोकमा सम्पन्न भएको उक्त कार्यक्रम पार्टीका ताप्लेजुङ जिल्ला अध्यक्ष कृतिमान मादेन,नेता कृष्ण लिम्बू,तेजनारायण चौधरी,लिम्बुवान राष्ट्रिय समिति सदस्य नवीन माबोहाङ,असिम पालुङ्वा साथै जिल्ला समितिका नेताहरू उपस्थिति रहेकोे थियो।
युवा नेता श्री लिङखिमले संचालन गरेका कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता जसपामा प्रवेश गरेको थिए भने पार्टी समायोजनको कार्यक्रम मकर ध्वज लेक्वाहाङको अध्यक्षतामा सम्पन्न भएको नेता लावतीले जानकारी दिए ।