जति दिन सम्म मन्त्रीमा रहेपनि,सदैव जनताको हितमा काम गरिने मन्त्री नेम्वाङको भनाइ

  युद्धबहादुर बोहोरा
0 Shares

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ,घुर्बिसे पञ्चमी बजारमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै 

पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले आफु जति दिन सम्म मन्त्रीमा रहेपनि सदैव जनताको हितमा काम गरिरहने बताएका छन् ।

गृहजिल्ला पाँचथरका सबै स्थानीय तहमा वर्तमान देशको राजनीति परिस्थिति र पार्टीको गतिविधिलाई जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी फाल्गुनन्द गाउँकमिटीले विहिवार घुर्बिसे पञ्चमी बजारमा आयोजना गरेको जनसभामा प्रमुख अतिथि नेम्वाङले सो कुरा बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत रहेका मन्त्री नेम्वाङले “समृद्ध नेपाल,सुखी नेपाली” को नारा सहित देश अगाडि बढिसकेको र वर्तमान सरकारले समृद्धिको जग शुरु गरेसंगै अब नेपाली जनता हिंसा रहित सुखी नेपाली बन्ने चाहना अनुरुप काम गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

केहि समय कोभिडका कारण देश अस्तव्यस्त भएता पनि समग्र देशको भौतिक पूर्वाधार विकासको काम अत्यन्तै तीब्र गतिमा भएको र जस्तोसुकै परिस्थितिमा पनि जनताको हितमा अहोरात्र जुट्ने उनले बताए ।
बिडम्मना,आफ्नै पार्टीका नेताबाट सरकारले राम्रो कामै नगरेको भन्दै भ्रम सिर्जना गर्दैै कुर्सीको लागि व्यक्तिगत स्वार्थ निहित हुँदा ससद भङ्ग गरि नयाँ निर्वाचन तर्फ जानुपर्ने बाध्यता सिर्जना भएको उनले दावी गरेका छन् ।

सरकारले धेरै राष्ट्रिय गौरवका योजनाको काम शुरु गरेको उनले जानकारी दिए । महत्त्वपूर्ण परियोजना अन्तर्गत सुरुङ्ग मार्ग निमार्ण कार्य,पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्नको अन्तिम चरणमा,निजगढ विमानस्थलको लागि प्रक्रिया अघि बढेको,ठुलो सिंचाइ योजना संचालनमा ल्याएको,जलविद्युत क्षेत्रमा लगानी बढाएको,देश भरका स्थानीय तहमा स्वास्थ सेवाको पहुँच पुर्‍याउने काम केहि महिना अघि देखि शुरु गरेको बताए ।
त्यस्तै, रेल मार्ग,पानी जहाजको काम,पुल तथा सडक ग्रावेल र कालोपत्रको कामलाई प्राथमिकतामा राखेको छ । यतिका धेरै महत्त्वपूर्ण कामहरु सरकारले गर्दा गर्दै पनि केन्द्र देखि तल्लो तह सम्मका जनतामा आफ्नै सत्ता पक्षीय नेताहरुबाट भ्रम छर्ने काम हुनु असोभनिय भएको बताए ।
सरकारले भर्खरै संवैधानिक निकायहरुको नियुक्ति पनि गरि सकेको र अन्य सामाजिक सुरक्षाका कार्यक्रमलाई सम्मान गर्दै दलित,सुकुम्बासी जनतालाई आवास कार्यक्रम शुरु गरि ७ लाख बढी घरबार विहिनलाई आवास निर्माण पश्चात् बसोबासको व्यवस्था मिलाएको,५५ जिल्लामा स्वास्थ विमा कार्यक्रम संचालन गरेको र अपांग,असक्त,सडकमा अलपत्र बालबालिका व्यवस्थापन जस्ता कुरामा सरकारको ध्यानाकषिर्त भएको बताए । उनले भने,मन्त्री सधैंभरि भइरहने हैन, सरकारले जुन समयमा जुन जिम्मेवारी दिएको हुन्छ,त्यो काम अनुशासित भइ गरिन्छ ‘बाँकी समयमा पनि जनता कै हित र विकासमा लागि रहने प्रतिबद्धता जनाए ।

यस अघि वर्षेनी ३०/४० वटा मात्रै देश भर पक्की पुलहरु बन्ने गर्दैथे तर यो सरकारले तीन वर्षको अन्तरालमान पाँच सय ५३ वटा पुल निर्माण सम्पन्न गर्दै तीन हजार दुई सय किलोमिटर सडक ग्रावेल र स्तरोन्नति साथै कालोपत्र सहित आठ हजार किलोमिटर बाटो बनिसकेको हुँदा सरकार विकास निमार्णमा अग्रसर भएको बताए ।

उनले गृह जिल्लाको विकास निर्माणको प्रसङ्गमा भर्खरै पाँचथरका केहि सडकहरु कालोपत्रेको टेन्डर प्रक्रियामा रहेको र उत्तरे- यासोक खण्डको सडक कालोपत्रको लागि ८० करोड बराबरको टेन्डर प्रक्रिया अघि बढेको बताए । फाल्गुनन्दका प्रत्येक वडामा १० लाख गरि सात वडामा ७० लाखको विद्युत योजना परेको उनले जानकारी गराए ।

राँके-रवि- भेडेटार सडकको काम ठेक्केदार कम्पनीले नियमित नगरेको हुँदा भारतीय राजदुतलाई खबर गरि सकेको साथै मुख्य ठेक्केदारलाई समेत बोलाइएको बताए । सम्झौता अनुसार काम नभए आवश्यक कार्वाही गरि नयाँ प्रक्रियाबाट काम सम्पन्न गर्न मन्त्रालयबाट कदम चालिने जानकारी गराए । बाटो कालोपत्र हुदैन भनेर भ्रममा नपर्न स्थानीय नागरिकलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य अइन्द्र सुन्दर नेम्बाङ,केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी,प्रदेश सांसद आशारत्न जबेगु ,केन्द्रिय सदस्य करुणा राई र भुमिका सुब्बा लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार