सर्लाही : हरिवन नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध ७ बोतल विनटिरेक्स सहित सोही नगरपालिका-९ बस्ने ३२ वर्षीय सुबाष उप्रेतीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सडकको किनारामा पार्किङ गरी राखेको प्रदेश २ -०३ -००१ ख १४९० नम्बर ट्रकको ब्याट्री खोल्दै गरेको अवस्थामा सुबाषलाई फेला पारी प्रहरी चौकी ढुङग्रेखोलाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।