काठमाडौं : राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोल अन्तरले हराएको थियो । एपीएफको लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ ।