जन्मदिनको अवसरमा विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री वितरण

  नयाँ बुलन्द
14 Shares


पाँचथर : पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटीको आयोजना गर्ने प्रचलन बढदै गएको छ ।

तर फिदिम स्थित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फिदिमका ब्रान्च म्यानेजर कविता चापागाँईले भने आफनो २४ औँ जन्म उत्सवको अवसरमा विद्यालयका वालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्रि वितरण गरेर जन्मदिन मनाएकी छन् ।

इन्स्योरेन्स कम्पनीसँगै सामाजिक कार्यमा सक्रिय चापागाँईले सोमबार आफ्नो जन्मदिनको अवसमा जिल्लाको फिदिम नगरपालिका–१२, पुलभञ्ज्याङमा रहेको नांगिन माविका विद्यार्थीलाई स्विटर र शैक्षिक सामाग्री वितरण गरेकी हुन । विद्यालयका कक्षा १ देखि ५ सम्मका ९० जना विद्यार्थिहरुलाई स्विटर र शैक्षिक सामाग्री प्रदान गरिएको हो । सोहि ठाँउ निवासि चापागाँई उक्त विद्यालयमा कक्षा–१ देखि १० सम्म अध्ययन गरेकी थिइन् ।

आफुले माध्यमिक तह सम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको अवसरमा पाटिको आयोजना गरेर जन्मदिन मनाउने खर्च कटाएर स्विटर र केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको चापागाँइले बताइन् । मेरो मुख्य उद्देश्य र आमाको सपनामापनि छोरी सामाजिक कार्यमा समर्पित होस् भन्ने भएकोले आफुले कमाएको केहि रकमबाट आफैले अध्यय्न गरेको विद्यालयका बालबालिकालाई सहयोग गर्ने अवसर पाउँदा खुसि लागेको उनले बताइन् ।

उनले जन्मदिनको अवसरमा आफुलाई जन्मदिने आमा टिकामायाँ चापागाँइलाइ, आफुले उक्त विद्यालयमा अध्यय्न गर्दा अध्यापन गराउनुहुने ४ जना शिक्षक र १ जना शिक्षिकालाई सम्मान समेत गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक छवि न्यौपाने, शंकर गुरुङ, पुण्य दुलाल र सन्त पौडेललाई ढाका टोपि र शिक्षिका डम्बरकुमारी पौडेललाई दोसला ओढाएर सम्मान गरेकी हुन् ।

समारोहमा चापागाँईसँगै कार्यक्रमका प्रमुख अतिथी फिदिम नगरपालिका–१२ का वडाध्यक्ष प्रेमनारायण आचार्य, विद्यालयका प्रधानाध्यापक छवि न्यौपाने, विद्यालयका शिक्षक तथा एकिकृत अखिल नेपाल जिल्ला संगठन पाँचथरका अध्यक्ष सन्तबहादुर पौडेल, इगल एफ एफ एमका स्टेसन म्यानेजर उपेन्द्र येक्तेन, वडा सदस्य बद्रि किशोर आचार्य लगायतले मन्तव्य राखेका थिए ।

सिद्धिदास बाबा फुलबारी सामुदायिक इकाई केन्द्र फिदिम–१२ को संयोजनमा सम्पन्न समारोह केन्द्रका अध्यक्ष पुण्यप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार