कालिका कृषि सहकारीको वार्षिक साधारणसभाका साथ नयाँ भवन उद्घाटन

  युद्धबहादुर बोहोरा
0 Shares

 


पाँचथर : फिदिम नगरपालिका-७,रानिटारमा संचालित कालिका कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सहित नयाँ भवन शनिवार उद्घाटन भएको छ ।

फिदिम नगरपालिका कार्यालयका सहकारी शाखा प्रमुख सरस्वती शिवाकोटी प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभा संस्थाका अध्यक्ष ज्ञानाथ बाँस्कोटाले पेस गरेको सहकारीको प्रगति प्रतिवेदन र भावी कार्ययोजना सर्वसम्मतले पारित भएको थियो ।
सभामा कोषाध्यक्ष एवं जिल्ला सहकारी संघ पाँचथरका सहसचिव रामप्रसाद बाँस्कोटाले दुई करोड २९ लाख ६८ हजार छ सय ७८ रुपैयाँ गत आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन पेस गर्दै २५ लाख ५१ हजार नौ सय ७५ रुपैयाँ खर्च विवरण प्रस्तुत गरेका थिए । आषाढ मसान्त देखि कार्तिक मसान्त सम्ममा १० लाख १३ हजार ८१ रुपैयाँ आम्दानी गरेको संस्थाले दुई लाख ३० हजार खर्च गरेको उनले जानकारी गराए । साथै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य बलबहादुर राईले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा व्यावसायिक बाख्रापालन गर्ने संस्थाका सदस्य बलवहादुर नेम्वाङ र गाईपालन तर्फ विमला राईलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने कार्यालय भवन निर्माण सम्झौता भएको समय अवधिमा सम्पन्न गर्ने ठेकेदार कम्पनीका मनकुमार तामाङलाई नगद १० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको जिल्ला सहकारी संस्थाका सहसचिव बाँस्कोटाले जानकारी दिए ।

यसैबीच,संस्थाका सदस्य मध्ये जेष्ठ नागरिक दुई जना,गत वर्षको एसईईमा उत्कृष्ट छात्रछात्रा एकएक जना,नियमित बचत तथा उत्कृष्ट बालबचत कर्तालाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष गुरुप्रसाद बाँस्कोटाले स्वागत मन्तब्य राखेको सभामा प्रमुख अतिथि शिवाकोटी,वडाध्यक्ष गोपाल गुरुङ,रानिटार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुर्य अधिकारी,जिल्ला सहकारी संघका सहसचिव बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सचिव बिरेन्द्र अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

विगत दुई दशक पहिल्यै देखि इन्टरनेट जडान गरी शेयर सदस्यहरुलाई आफ्नो कारोवारको सम्पूर्ण विवरण एसएमएस मार्फत जानकारी दिंदै आएको यस संस्थालाई डिभिजन सहकारी कार्यालले पाँचथरका कृषि सहकारी संस्थाहरु मध्ये उत्कृष्ट सहकारीका रुपमा सम्मान गरि सकेको कोषाध्यक्ष बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार