नालीफूङ्वाको केन्द्रीय महाधिवेशन चैत अन्तिममा

  नयाँ बुलन्द
21 Shares

माङसेबुङ : किरात धर्म सम्बद्व युवाहरुको साझा संगठन किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन (महासम्मेलन) चैत अन्तिममा हुने भएको छ । महाधिवेशन किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका ५ मा हुने भएको हो ।

नालीफूङ्वा पान्जुम्भोका केन्द्रीय अध्यक्ष तिपक तिगेलाको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले महाधिवेशनमा किरात धर्ममा लामो समय योगदान गर्नुहुने पुर्व नालीफूङ्वा मुजोलुङ समितिका २ जना व्यक्तित्वहरुलाई उच्च मुल्याङकन गर्दै सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १ महिला १ पुरुषलाई नालीफूङ्वा जुझारु पुरस्कार २०७७ प्रदान गर्ने समेत निर्णय भएको समितिको केन्द्रीय सचिव योगेस लाओतीले जानकारी दिए ।

महाधिवेशनमा जिल्ला, गाउँपालिका,  नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुनेछन् ।

महाधिवेशन किरात चोत्लुङ मुहिङगुम अङसी माङगेना सेवा समितिको केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा हुने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार