काठमाडौं : इलामको माङसेबुङ गाउँपालिका थात्थलो भई काठमाडौं उपत्यका बस्दै आएकाहरु संगठित भएका छन् ।
शनिबार भक्तपुरको घ्याम्पेडाँडामा भएको भेलाले ‘माङसेबुङ समाज नेपाल’ नामक संस्था गठन गरेका छन् ।
भेलाले रञ्जन जवेगूको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिका उपाध्यक्षमा रमिला बस्नेत, सचिवमा गोविन्द कार्की, सहसचिवमा उत्सव सम्बाहाम्फे र कोषाध्यक्षमा घनेन्द्र बस्नेत चयन भएका छन् ।
समितिका सदस्यहरुमा राम चाम्लिङ, योगेन्द्र खजुम, धिरेन्द्र तामाङ, धिरेन राई, इन्दिरा कार्की, द्रुपता राई, भक्तिप्रसाद राई, मञ्जु निरौला, अल्बिन योङहाङ र शोभा श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सदस्यहरुमा सचित राई, मिलन लिम्बू र आशिष कार्की चयन भएका छन् ।
माङसेबुङ थात्थलो भएर उपत्यका बस्दै आएकाहरुको हकहितका लागि एकताबद्ध भई विभिन्न रचनात्मक कार्यक्रम गरी भातृत्वको विकास गर्ने उद्देश्यले समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष रञ्जन जवेगूले बताए ।
भेलामा वनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
वनभोज आयोजना व्यवस्थापन समितिका संयोजक रञ्जन जवेगूको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलामका राजनीतिकर्मी भेषराज आचार्य, विनोद नेम्बाङ, माङसेबुङ गाउँपालिका अध्यक्षका सल्लाहकार डम्बर लोरिन्देनलगायतको उपस्थिति थियो ।
कार्यक्रमा प्रमुख अतिथि इदिङ्गोले नवगठित समितिलाई बधाई दिदैं गाउँपालिकाबासीका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधैं प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका थात्थलो भई काठमाडौं उपत्यका बस्दै आएकाहरु करिब सय जनाको उपस्थिति रहेको थियो ।