नेपाली काँग्रेसका सुभेच्छुक संघसंस्थाले इलाम सदरमुकाममा विरोध प्रर्दशन

  नयाँ बुलन्द
0 Shares

इलाम : प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेसका सुभेच्छुक संघसंस्थाले इलाम सदरमुकाम इलाम बजारमा विरोध प्रर्दशन गरेकाछन् । सनिवार नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक स.घ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूले ¥याली सहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा प्रतिनिधि सभा पुर्नस्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, पेशाकर्मीहरु एक हौँ, हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाईएका थिए । प्रर्दशन सहितको ¥याली इलामको ठूलो टुढिखेल बाट सुरु भएर चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले सरकारको असंवैधानिक कदमले लोकतन्त्र, संघियता र संविधान संकटमा परेको जिकिर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार