पाँचथरमा ‘पत्रकार आपतकालीन राहतकोष’ स्थापना,आर्थिक सहयोगको अपिल

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : नेपाल पत्रकार महासंघ,पाँचथर शाखाले ‘पत्रकार आपतकालीन राहतकोष’ स्थापना गरेको छ ।

संचार क्षेत्रका कार्यरत संचारकर्मीहरुलाई रिपोर्टिङको शिलशिलामा पर्न सक्ने जोखिम,प्राकृतिक विपद लगायतलाई मध्यनजर गर्दै आपतकालीन राहत कोष संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ निर्माण गरि कार्यान्वयनमा ल्याएको छ ।

प्रारम्भिक चरणमा १० लाख बराबरको कोष निर्माणका लागि शाखाका अध्यक्ष लवदेव ढुंगानाले व्यक्तिगत १० हजार रुपैयाँ,पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरेबाट पाँच हजार पाँच सय पाँच र शाखाद्वारा ५० हजार रुपैयाँ गरि जम्मा ६५ हजार पाँच सय पाँच रुपैयाँ प्रभु बैंक फिदिम शाखामा ‘नेपाल पत्रकार महासंघ आपतकालीन राहतकोष’को नाममा जम्मा गरिएको अध्यक्ष ढुंगाले बताए ।

शाखाले लक्ष्य राखेको कोष निर्माणको लागि बजेट आवश्यक परेको हुँदा स्वदेश तथा विदेश र सबै शुभेच्छुकहरुलाई प्रभु बैंकको खाता नम्बर १२५०१५०७५९५०००४२ अन्तर्गत ‘नेपाल पत्रकार महासंघ आपतकालीन राहतकोष’ को नाम जम्मा हुने गरि सहयोग गरिदिन पनि अपिल गरेको शाखाका अध्यक्ष ढुंगानाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति माघ १९ गतेे सार्वजनिक गरिएको छ ।

स्थापना गरिएको अक्षयकोष विशेष गरि पाँचथर जिल्लाका पत्रकारहरुको लागि भएता पनि आवश्यकता हेरि अन्य जिल्लामा समेत उपयोग गर्न सकिने शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार