युनियन भट्टराईको नेतृत्वमा महासंघमा जाने

  नयाँ बुलन्द
7 Shares

विप्लव भट्टराई

इलाम : नेपाल पत्रकार महासंघ इलामको नयाँ नेतृत्वका लागि नेपाल प्रेस युनियनले विप्लव भट्टराईलाई पठाउने भएको छ ।

युनियन इलाम शाखाको शनिबार इलाममा भएको बैठकले भट्टराईको नेतृत्वमा महासंघमा जाने निर्णय गरेको हो ।

त्यस्तै महासंघ प्रदेश १ मा पूर्वअध्यक्ष तोयानाथ भट्टराईको नेतृत्वमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

युनियनका अध्यक्ष विप्लव भट्टराईकै अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले युनियनको नेतृत्व समेत परिवर्तन गरेको छ । बैठकले युनियनको अध्यक्षमा सबिता पाण्डे र उपाध्यक्षमा बिनय तिम्सिनालाई चयन गरेको छ । तत्कालिन अध्यक्ष भट्टराई महासंघको नेतृत्वमा जाने भएपछि युनियनको नेतृत्व परिवर्तन गरेको युनियनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार