प्रम ओलीलाई गगनको सुझाव- ‘आज राति बालुवाटारमा सुत्दा आँखा चिम्म गरेर सोच्नु’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा लेखिने बताएका छन् । शहीदको बलिदानमा सम्मान गर्दै ओलीको असंवैधानिक कदमविरुद्ध शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केही समुहको प्रशंसालाई सारा जनताको सोचेर भुल गरिरहेको बताएका छन् । नेता थापाले यस विषयमा एक चोटी आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले ओलीको संवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने नै एक मात्र रणनीति भएको बताएका छन् । उनले अदालतको बारेमा पनि कांग्रेस बोलेको स्पष्ट पारेका छन् ।
‘सर्वोच्चको विषयमा बोल्न पाइदैन भन्छन्, तर  पुस ५ गतेको कदम असंवैधानिक हो र अदालतले यो भन्दा दायाँबायाँ कदम नचाल्ने हाम्रो विश्वास छ’, उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार