ट्रकको ठक्करबाट इलाममा १ महिलाको मृत्यू

  नयाँ बुलन्द
7 Shares

इलाम : ट्रकको ठक्करबाट इलाममा १ महिलाको मृत्यू भएको छ ।

बुधबार दिउँसो करिब पौने ४ बजे मेची मार्ग अन्तर्गत ईलाम नगरपालिका ९ मा ट्रकको ठक्करबाट <span;>इलाम माईजोगमाई गाँउपालिका ३ मानचोकी २८ वर्षीय सन्जु आचार्यको मृत्यु भएको हो ।

इलामबाट झापातर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशाबाट जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्यको शब पोसमार्टमको लागि  इलाम अस्पतालमा राखिएको छ ।

मृतक आचार्यको २ वर्षीय छोरा सरोज र मोटरसाइकल चालक ईलाम सुर्योदय नगरपालिका १० का ४२ वर्षीय उमेस शाहालाई उपचारका लागि बिर्तामोड झापा पठाईएको जनाईएको छ । घाइते दुवैको अवस्था गम्भीर, रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ट्रक चालक पाँचथर हिलिहाङ ७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार