फेजुङ त्रिवेणी कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः होम गुरुङ

  नयाँ बुलन्द
56 Shares

 

 

पाँचथर : फिदिम नगरपालिका १३ स्थित फेजुङ कृषि सहकारी संस्थाको अधिवेशनबाट होमबहादुर गुरुङको नेतृत्वमा नौ सदस्यीय संचालक समिति चयन भएको छ ।

संस्थाको छैटौं वार्षिक साधारणसभा तथा अधिवेशन मार्फत उपाध्यक्ष होम बहादुर नेम्बाङ,सचिव पर्वलाल दंगाल,सहसचिव आस नेम्वाङ र कोषाध्यक्ष मधुकर केरुङ सहित अन्य सदस्यहरु निर्वाचित भएका छन् ।

जिल्ला सहकारी संघ पाँचथरका सहसचिव रामप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यम सम्पन्न उक्त सभामा संस्थाका अध्यक्ष गुरुङले साँगठनिक प्रतिवेदन पेश गरेका थिए । यसैगरी आर्थिक वर्ष २०७६/०७७ को शेयर तर्फ रकम नौ लाख २५ हजार,बचत १५ लाख ४७ हजार पाँच सय ५४ रुपैया साथै आम्दानी तर्फ पाँच लाख ८८ हजार नौ सय ८८ र खर्च चार लाख ३२ हजार दुई सय ९२ रुपैया रहेको कोषाध्यक्ष नेम्वाङले आर्थिक विवरण पेश गरेको संस्थाका सहसचिवले जानकारी दिए ।

अधिवेशनमा प्रमुख अतिथि बाँस्कोटा,समाजसेवी देवी प्रसाद नेम्वाङ,नेकपाका जिल्ला सदस्य महासिं नेम्वाङ,नेपाली काँग्रेसका प्रतिनिधि भीम नेम्वाङ,स्थानीय शिक्षक कमल प्रसाद नेम्वाङ,संस्थाका ऋण समिति सदस्य भवानी दुलाल लगायतले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना सहितको मन्तव्य राखेको कार्यक्रम संस्थाका सचिव दंगालले संचालन गरेका थिए भने उपाध्यक्ष नेम्वाङले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार