शेर्पा मल्टी ट्रेनिङ सेन्टरले बिध्यालयलाई सहयोग

  नयाँ बुलन्द  297 पटक हेरिएको

इलाम : शेर्पा मल्टी ट्रेनिङ सेन्टर इलामले बिध्यालयलाई सहयोग गरेको छ । जिल्लाको इलाम नगरपालिका वडा न ६ को सत्यनारायण आधारभुत विद्यालयलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्रेनिङ सेन्टरले र समजसेबी गोपाल पौडेलको संयुक्त लगानीमा १ थान कम्प्युटर सहयोग प्रदान गरेका हुन ।

ट्रेनिङ सेन्टरको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सामाग्री बिध्यालयलाई हस्तान्तरण गरिएको छ । ट्रेनिङ सेन्टरले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्युटर उपलब्ध गराएको हो ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकासको निम्ति विभिन्न कार्यक्रमहरूलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास शेर्पा ट्रेनिङ सेन्टरका ब्यबस्थापक डिकेन्द्र दाहालले व्यक्त गरे ।

भविष्यमा पनि उक्त ट्रेनिङ सेन्टरले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार