फाकफोकथुमकी ‘सुमा कार्की बचाउ अभियान’ सहित सहयोगको अपिल

  युद्धबहादुर बोहोरा
224 Shares

 

 

इलाम : मिर्गौला र फोक्सोको समस्यबाट ग्रसित ३४ वर्षिय  सुमा कार्की (खत्री) दुई महिनादेखि धरानको अस्पतालमा छटपटाइ रहेकी छिन् ।

फाकफोकथुम -१,लुङ्सुङ्दाङ निवासी कार्की विगत ६-७ वर्ष यता विरामी भइ नेपाल तथा भारतका विभिन्न ठाँउको अस्पताल पुर्‍याए पनि रोग पत्ता लागेन तर अन्तिममा फोक्सो र मिर्गौलाको समस्या भएको थाहा पाएकाले ढिलो उपचार शुरु हुन लागेको उनका बुबा पहलमान कार्कीले बताए ।

मृगौला र फोक्सोको उपचार गर्न करिब २५ लाख रकम खर्च हुने विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले बताए पछि उनको उपचार खर्च जुटाउन धौधौ परेकोले आर्थिक सहयोगको अपिल सहित बचाउ अभियान संचालन गरिएको छ।

विभिन्न ठाँउ पुर्‍याउदा धेरै खर्च भइ आर्थिक अवस्था कमजोर रहेको उनको परिवारले उपचार खर्च जुटाउन यतिबेला हम्मे हम्मे छ । स्थानीयहरुको सहयोगमा ‘सिमा कार्की बचाउ अभियान’ संञ्चालन गरि स्थानीय स्तरबाट चन्दा संकलनको कार्यक्रम थालिएको पारिवारिक सदस्य प्रदीप कार्कीले जानकारी दिए ।
उनका अनुसार दक्षिण कोरियाबाट सुरेश कार्कीको पहलमा एक लाख रुपैयाँ संकलन भएको र अन्य हुने क्रममा छ । मलेसियाबाट पनि हुँदै गरेको बताए ।
उनको अहिलेसम्म १९ पटक शल्यक्रिया गरिएको र केहि दिन अघि एउटा फोक्सोको सफल शल्यक्रिया भएको साथै अर्को तत्काल गरिने अस्पतालले जनाएको छ ।

देउमाइ नगरपालिका-५,धुसेनि निवासी पीडितका श्रीमान् ठाकुर प्रसाद खत्री हाल इलाम नगरपालिकामा सानो खाजा नास्ताको पसल संचालन गर्दै आएका छन् । उनको एक छोरालाई विद्यालयमा पठनपाठन खर्च,घर भाडा तिर्न र श्रीमतीको उपचारका लागि संकट परेकाले सहयोग गरिदिन अपिल गर्दै इच्छुक महानुभावले निम्न सम्पर्क र बैंक खाता नम्बर मार्फत आर्थिक गरिदिन अनुरोध गरेका छन् ।

दक्षिण कोरिया सम्पर्क:- 01055101987
SURESH KARKI (WOORI BANK)
A/C No.1002255911743

नेपाल सम्पर्क :- ९८४४६१६४५२
ठाकुर प्रसाद खत्री (मुक्तिनाथ विकास बैंक)
खाता नम्बर: -१३२२१६००५८६७४३०००००१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार