एक हजार परिवारलाई न्यानो कपडा वितरण

  नरेन इलामेली  117 पटक हेरिएको

 

 

 

 

 

 

इलाम : आर्थिक रुपले विपन्न बाजुराका एक हजार परिवारलाई न्यानो कपडा र औषधी वितरण गरिएको छ

ब्लड डोनर्स कम्युनिटी र द टीम माउन्ट एभरेस्ट द्वाराा जाडोको मौसमलाई मध्यनजर गर्दै भौगोलिक रुपमा बिकट मानिएको बाजुरा जिल्लाको बुढिनन्द नगरपालिका र स्वामीकार्तिक गाउँपालिकाका विपन्न एक हजार घर परिवारलाई न्यानो कपडा तथा औषधी वितरण गरिएको हो ।

ब्लड डोनर्स कम्युनिटी र द टीम माउन्ट एभरेस्टको आयोजना तथा नेपाल दशनामी समाज चितवन, शैशव मञ्च नेपाल र रक्षा फार्मेसीको सहयोगमा न्यानो कपडा वितरण गरिएको द टीम माउन्ट एभरेस्टका संस्थापक विकेश पोखरेलले जानकारी दिए ।

संस्थाका सकृय सदस्य अञ्जान दवाडीले कार्यक्रमलाई संबोधन गर्दै विकट बस्तीहरुमा विभिन्न संघसंस्थाहरुले विभिन्न तवरबाट सहयोग पुर्याउनुपर्ने तथा कसैको पनि चिसोका कारण ज्यान गुमाउन नदिन सरकारले पनि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य मेडिकल सामाग्रीका लागि रक्षा फार्मेसीले सहयोग गरेको थियो । उक्त कार्यक्रममा महलिाहरुका लागि सेनिटरी प्याड सहित एक हजार परिवारलाई पाँच हजार थान न्यानो कपडा प्रदान गरिएको द टीम माउन्ट एभरेस्टका संस्थापक पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार