कुचोको भाउ आएकोले किसान हर्षित

  लोकेन थेवे
0 Shares

इलाम : बिगत वर्षहरुमा कुचोको खासै भाउ आएको थिएन । भाउ नभएकोले नुनसँग कुचो साट्ने गर्दथे । ब्यापारीहरुले त्यसैले गर्दा किसानहरुले कुचो नथुती घाँससँगै गाई, भैंसीलाई दिने गर्दथे । यसरी लामो समयसम्म कुचोले राम्रो बजार लिन नसकेकोले धेरै कुचो उत्पादन गर्ने किसानहरुको घरमै मक्किएर नस्ट हुने गर्दर्थ्यो ।

कतिले त नथुती त्यतिकै जंगलमै छोडिदिन्थ्यो । तर यो वर्ष कुचोको राम्रो भाउ आएको छ । त्यसैले अम्लिसो खेती हुने किसानहरुलाई एकछिन आराम गर्ने फुर्सद छैन । सबै आआफ्नै धुनमा धमाधम कुचो थुत्न थालेका छन् ।

विगतका वर्षहरुमा प्रतिकेजी ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म गाउँघरमा बेचबिखन हुने कुचो यो वर्ष स्थानीय बजारहरुमा प्रतिमन कुचो ५ हजार रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँले बिक्री भइरहेको छ । यो अहिले सम्मकै उच्च मुल्य हो । इलामको सबै ठाउँमा घासको लागि सबै भन्दा धेरै अम्लिसो खेती गरिएको छ । यो वर्ष भाउ आएकोले धेरै औलका किसानहरु अहिले कुचो थुत्न व्यस्त रहेका छन् । अम्लिसोको फुललाई कुच्चो भनिन्छ । यो दैनिक सरसफाई गर्नको लागि सबै ठाउँमा प्रयोग गरिन्छ । यो भदौ, असोज महिनादेखि फुल्न सरु गर्छ र मंसिर देखि पौष १५ सम्म फुलिसक्छ ।

अम्लिसो प्राय सबै ठाउँमा हुने भएता पनि समुद्र सतहदेखि १२ सय किलो मिटर उचाइसम्म राम्रो कुचो उत्पादन हुने गरेको छ । अम्लिसो मलिलो, खुला र पाखाबारीमा राम्रोसँग फस्टाउने गर्छ । एक पटक रोपेपछि यसले ११/१२ वर्षसम्म घाँससँगै कुचो उत्पादन दिइरहने हुँदा सबैको घासको रोजाईमा अम्लिसो पर्ने गरेको छ ।

रोपेको २ वर्षदेखि घाससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहनत गर्नु नपर्ने हुँदा गाई भैंसीको लागि मुख्य घाँसको रुपमा किसानहरुले अम्लिसो रोप्ने गर्छन् । यो वर्ष कुचोको भाउ आएकोले ब्यापारीहरु घरमै आउने थालेको छ ।

बजारको भन्दा राम्रो भाउमा स्थानीय ब्यापारीहरुले घरघर पुगि कुचो किन्न थालेकोले थप भाउ आउने किसानहरुको आकलन छ । कुचोको भाउ आएकोले नै सोयाङका सुमन बेघाले यो वर्ष आफ्नो बगानको सबै कुचो खेतला लगाएर उखाली सकेर बेच्न ठिक्क पारेका छन् ।

उनी जस्तै थुतेको कुचोलाई सुकाएर बेच्न ठिक पारेका धेरै किसानहरु छन् । यसरी लामो समयपछि भाउ आएकोले कुचो किसानहरु हर्षित भएका छन् । प्याङका श्याम थेबेको पनि बिगत वर्षहरुमा कुचो नबिकेर घरमै मकिएर खेर गएकोले यो वर्ष कुचो नथुत्ने योजना थियो तर नसोचेको भाउ आएकोले उखेल्न थालेको बताउँछन् । अम्लिसोको घास दुहुँनो गाई भैंसीको लागि राम्रो घाँस पनि हो यसले दुध उत्पादन बड्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार