अलैंचीको भाउ स्थिर नहुँदा कृषक मारमा

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामे किसानहरुको मुख्य आमदानीको श्रोत अलैंचीको भाउ स्थिर नहुँदा अलैंची किसानहरु मारमा परेका छन् ।

अलैचींको भाउ दैनिक थपघट भइरहने भएकोले अलैंची कृषकहरु निराश बनेका हुन् । स्थानीय भाषामा खोल्सीको सुनको उपनामले प्रख्यात अलैंची यो वर्ष राम्रो उत्पादन भएता पनि खासै यो वर्ष भाउ आएन । भएको भाउ पनि दैनिक थपघट भईरहने भएकोले कृषहरु मारमा पर्न थालेका हुन् ।

बिगत ५ वर्ष अगाडी अलैंची प्रतिमन १ लाखदेखि १ लाख २० हजार पुगेको थियो । यसरी अलैंचीको भाउ आकासिएसँगै सबै कृषकले आफ्नो खेतबारीमा भएको अन्य बालीहरु मसाएर अलैंची खेती गर्न थाले ।

जब अलैंची खेतीको विस्तार हुन थाल्यो, तब यसको भाउपनि निरन्तर ओरालो लाग्न थाल्यो । हाल अलैंची प्रतिमन २५ हजारदेखि २९ हजार ५ सय छ । यो पनि कुन दिन घट्ने कुन दिन बढ्ने गर्छ केही दिन अगाडि प्रतिमन ३१ हजार पुग्दा प्याङका राम थेबेले थप भाउ आउने आशामा पर्खेर राखेको अलैंची आफुलाई आपत परेको बेला भाउ घटेर २७ हजारमा बेच्नु पर्‍यो ।

आफुलाई पैसाको आवस्यक परेको समयमा अलैंचीको भाउ घट्ने र आवस्यक नपरेको समयमा बढ्ने गरेको अलैंची कृषकहरु बताउँछन् ।

सब्जी खेतीसम्म नराखी अलैंची खेती गरेका सन्दकपुर जमुनाका इन्द्र गुरुङले यो वर्ष ८ मन अलैंची फलाए तर भाउमा निरन्तर गिरावट आएकोले बेच्न सकेको छैन । भएको भाउ पनि थपघट भइरहेकोले नबेची राखेको बताउछन् ५ वर्ष पहिलेको भाउले गर्दा माईजोगमाई गाउँपालिकाको प्याङबाट लाखौं रुपैयाले किनेर ल्याएर रोपेको अलैंची यसरी निरन्तर भाउमा गिरावट आएको र अलैंची खेतीबाटै वर्ष दिनको घरखर्च टार्न गार्हो भएकोले पुन पुरानो खेती गर्ने सोचमा पुगेका छन् । ।

प्याङका स्थानीय अलैंची प्यापारी पासङ शेर्पा अलैंचीको भाउ स्थिर नहुँदा कृषकलाई मात्र होइन ब्यापारी झनै मारमा पर्ने गरेको गुनासो गर्छन् । कृषकसँग किनेको अलैंची भाउ घट्छ भनेर हतार हतार बेच्नबाध्य हुँदा फेरि केही दिनमा बढेर आएको हुन्छ । त्यसैले अलैंचीको भाउ स्थिर रहेमात्र कृषक र ब्यापारीलाई राहत मिल्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार