केपी ओली सन्की शासक– अध्यक्ष नेपाल

  नयाँ बुलन्द
0 Shares


दाङ : नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।

शनिबार दाङको तुलसीपुरमा जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई कसैको सुझाव र आलोचनभन्दा प्रसंसा मात्र चाहिने बताउनुभयो । अध्यक्ष नेपालले ओली समूहलाई गुटको संज्ञा दिनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ७ गते विहान नेकपा पार्टीमाथि आक्रमण गरेर गुटको भेला गरेको आरोप लगाउनुभयो ।

नेता वर्षमान पुनले पार्टीमा देखिएको विवाद पद र प्रतिष्ठाको नभइ विचारको लडाँई भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले गत जेठमै विघटन गर्न लागेको प्रतिनिधिसभालाई आफूले नै तानेर पुस ५ गतेसम्म ल्याएको बताउनुभयो ।

नेता युवराज ज्ञवालीले ओली कम्युनिष्ट नभइ कम्युनिष्टको खोल ओडेको ब्यक्ति भएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार