जनताले अब कांग्रेस खोज्ने दिन आयो : कांग्रेस युवा नेता खड्का

  नयाँ बुलन्द  343 पटक हेरिएको

मंगलबारे :  नेपाली काँग्रेसका युवा नेता डम्बर खड्काले जनताले अब कांग्रेस खोज्ने दिन आएको बताएका छन  । इलामको मंगलबारेमा कांग्रेसले आयोजना गरेको आजको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

खड्काले पुर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल र पुर्ब सभामुख सुवास नेङबाङले इलाममा अब काँग्रेस खाेज्ने बनाउछु भन्दै बिगतमा गरेको भाषणको तितो अनुभव स्मरण गर्दै उनिहरुले बिगतमा गरेका ती कुराहरु कम्युनिस्टहरुकाे आपसी द्वन्द्वका कारण नेपाली जनता आफैले अब काँग्रेस खाेज्ने दिन आएको बताएका हुन ।

उनले राष्ट्रपति जस्तो गरिमामय पदलाई ओली सरकारले रबरको स्टाम बनाएको भन्दै काँग्रेसले अदालतकाे निर्णय पनि सम्मान गर्दै संसद बिगठनकाे विरुद्धमा आन्दोलन पनि निरन्तर जारि राख्ने बताएका छन ।

देउमाई नगरपालिकाका नेका सभापति दिलिप कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकाका महासमिति सदस्य पुर्व जिल्ला सभापति हरि खनाल शिक्षक संघ प्रदेश नं १ सभापति पुर्ण गाैतम महिला संघ जिल्ला सदस्य इन्दिरा राउत लगायतले मन्तव्य राखेका थिए ।

यस्तै सोही कार्यक्रममा नेकपा संगठित सदस्य चन्द्र राउत र शिब खाती सहित दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । उता सन्दकपुरको देउरालीमा बृहद विराेध सभाका वक्ताहरुले अाेली सरकारका असंवैधानिक कदमकाे कडा अालाेचना गर्दै स्थानीय सरकारका गलत कृयाकलापकाे समेत अालाेचना गरे । सभापति प्रेममणी ढकालकाे अघ्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला सचिव निराेज खड्गी, संगठन विभागका सदस्य तथा संघिय उम्मेदवार भुपेन्द्र कट्टेल, महिला संघ अघ्यक्ष निर्मला सन्जेल, जिल्ला सदस्य देवेन्द्र सुवेदी, तुलाराम गुरुङ , धनप्रसाद खाम्दाक, तारा न्याैपाने, घनश्याम गुरुङ, सन्ताेष खतिवडा, खेम थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार