नेपाल मगरसंघद्धारा देवानटारमा हुर्रा नाच सहित खेलकुद प्रतियोगीता आयोजना


भोजपुर । नेपाल मगरसंघ वडा कार्यालय देवानटारले माघे संक्रान्तिको अवशरमा मगरजातीहरुको चर्चीत हुर्रा नाचँ र खेलकुद प्रतियोगीता आयोजना गरेको छ । आमचोक गाउँपालिका वडा नं ६ र ७ का मगर जातीहरुले सयुक्त रुपमा माघे संक्रान्तिको अवशर पारी जातीगत हुर्रा नाचँ, मारुनी नाचँ तथा विभिन्न सास्कृतीक कार्यक्रम सहित भलिबल प्रतियोगीता आयोजना गरेको हो ।
भलिबल प्रतियोगीतामा हतुवागढि गाउँपालिका ९ हसनपुर प्रथम र आमचोक गाउँपालिका ६ बयाङ दोश्रो भएको छ । आज भएको फाइनल खेलमा हतुवागढि गाउँपालिका वडा नं ९ हसनपुरले आमचोक गाउँपालिका वडा नं ६ बयाङलाई एक सेटको विरुद्ध ३ सेट जितेर हसनपुर प्रथम भएको आयोजकले जनाएको छ ।
प्रविन मगरको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यता, आमचोक गाउँपालिका अध्यक्ष असोक राई, नेपाली काङग्रेस केन्द्रिय सदस्य बाबुराम बस्नेत, जिल्ला सभापती नन्दमणी राई, युवा नेता उमेशजंग राईमाझि, विनोद वान्तवा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार