फिदिमको धार्मिक सभामा मन्त्री नेम्वाङद्वारा सम्बोधन, मन्दिरलाई आर्थिक सहयोग गर्ने घोषणा

  युद्धबहादुर बोहोरा  161 पटक हेरिएको

 


पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङद्वारा मन्दिर क्षेत्र विकासका लागि ५ लाख रुपैयाँ प्रदान गर्ने घोषण गरेका छन् ।

फिदिम-७,त्रिवेणी खोलामा रहेको किराँत हाडसाम मन्दिरमा सम्पन्न विश्व शान्ति मानव एकता चराचर सृष्टि रक्षार्थ सेवा गालिश्राप बहन्ती किराँत कोक्फेवा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेम्वाङले सहयोगको घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको यस भूगोलको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई विकास गर्न आफ्नो तर्फबाट पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

आयोजक सेवा समिति तथा कोक्फेवा तङ्नाम २०७७ मुल समारोह समितिका अध्यक्ष भगीहाड फेजुड (नेम्वाङ) को अध्यक्षतामा सम्पन्न धार्मिक सभामा प्रदेश नं.-१ का साँसद आसारत्न जवेगु,नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ वडा नम्बर ७ का अध्यक्ष गोपाल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त सभामा किराँत धर्मको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गर्ने सोही वडा रानिटारका निलकुमार नेम्वाङ र हाडखु नेम्वाङलाई प्रमुख अतिथिले सम्मान सहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष नेम्वाडले मन्दिर क्षेत्र विकास गर्न आवश्यक रकम सहितको मागपत्र मन्त्री नेम्वाङ समक्ष पेश गरे ।

१६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिडदेन १९९८ साल माघ १ गते यस स्थानमा आएर पुजा गरि गालीश्राप बगाउन शुरु गरे देखि प्रत्येक वर्ष उक्त मितिमा मकर नुहाउने,मन्दिरमा होमादी गर्ने,केलाड नाच्ने र पुजापाठ हुँदै आएको समितिले जनाएको छ ।

विशेष गरि इलाम,ताप्लेजुङ,पाँचथर लगायतका ठाँउबाट किराँत धर्मावलम्वीहरुको जमघट रहेको धार्मिक सभामा चर्चित गायिका गंगा फियाक,स्थानीय गायक उदय नेम्वाङ लगायतले गीत प्रस्तुत गर्दै मनोरञ्जन दिलाएको स्थानीय पत्रकार रामप्रसाद बाँस्कोटाले जानकारी दिए ।

पौष २९ गतेबाट शुरु भएको धार्मिक पुजा माघ २ गते समापन हुने आयोजक समितिका अध्यक्षले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार