उपेक्षित महाकुलुङ र कुलुङ स्वपहिचानको आन्दोलन

  निनाम कुलुङ 'मंगले'  92 पटक हेरिएको

विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यसमा पनि आदिवासीका उत्पत्ति थलो र उनीहरुका ऐतिहासिक भूमि मात्रै नभएर अन्य जातजातिका भन्दा भिन्नै वा फरक व भनौं आफ्नो छुट्टै मातृभाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रहनसहन आदि हुन्छ ।

यहाँ नेपालका प्राचीन जातिमध्ये किरात महाजाति भित्रका एक जाति (समुदाय) कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ हो भने हालको भगौलिक विभाजन अनुसार ‘महाकुलुङ’ भन्नाले एक नम्बर प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो, पावै आदि गाविसहरु पर्छन् । यी भू–क्षेत्र हाल महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छ । स्मरणीय छ, हिन्दु धर्म–दर्शन र मिथकअनुसार किरातीहरुको इतिहास देउताको पालाभन्दा अघिदेखि देखिन्छ । हिन्दु धर्म ग्रन्थ महाभारतमा किरातबारे उल्लेख हुनुलाई लिन सकिन्छ भने किरात संवत् (यले संवत् ५०७९ र, कुलुङ समुदायको जीवनचक्र अनुसार गएको पुस १५ गतेदेखि सुरु भयो भने पहिलो महिनाको नाम चाक्चाकूर हो । विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भने झंै ‘चाक्चाकूर’ भनेको कुलुङ समुदायको जीवन–चक्रअनुसार पहिलो महिनाको नाम हो ।।
विभिन्न देशी÷विदेशी विद्धानहरुले लेखेको किताबमा सोलुखुम्बु जिल्लामा अवस्थित छेस्खाम, बुङ र गुदेल, सत्तो हाल सोताङ र पावै गरी पाँच गाविसलाई ‘महाकुलुङ’ भनेर लेखेको भेटिन्छ । यसरी हेर्दा जातीय स्वपहिचान, मातृभाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन आदिमा सचेत नेपालका केही जातिहरुमा कुलुङ समुदाय पनि पर्छ भन्दा अतिशयः नहोला । तर, नढाँटी भन्ने हो भने, ‘महाकुलुङ’का यी कुलुङे’हरुको सुखद भन्दा पनि दुःखद कथा–व्यथाहरु धेरै छन् । आधुनिकतासँगै आएको भौतिक निर्माणका वस्तुहरुलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरु जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्देन । विकासको नाममा काठमाण्डौदेखि जसोतसो सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म हाल (पावैसम्म) जिपको यात्रा गर्न सकिन्छ । वर्षा याममा भने, महाकुलुङका कुलुङहरु आफ्नो गाउँ–घर पुग्न वा गाउँघरदेखि सल्लेरी पुग्न सल्लेरीबाट फेरि पनि दुई वा तीनदिन पैदल हिंँड्नै पर्छ ।

उता आधुनिक जमानाको छिटो छरितो यात्रा हवाई यात्राको लागि नेपालकै धेरै वटा विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु र कागेलडाँडा ) चारवटा भएको जिल्ला पनि हो, सोलुखुम्बु । तापनि यी चारवटा विमानस्थलमध्ये तेङ्बोचेमा हाल विमान बस्दैन (उक्त विमानसथलमा बस्न सक्ने पिलाटस् पोर्टर धेरै वर्षअघि दुर्घटना भएर सकिएपछि हाल केही धनी विदेशी पर्यटकहरुलाई चार्टर सेवाका लागि हेलीकप्टर बस्ने र धनी व्यापारीहरुले सामान कार्गो गर्ने हेलीप्याड जस्तो भएको छ ।) बाँकी तीन विमानस्थलहरु प्रयोग गर्दा पनि महाकुलुङका कुलुङ समुदायले लगभग दङई वा तीन दिन पैदल हिंँड्नै पर्ने हुन्छ । ‘महाकुलुङ’को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि गृहकार्य स्वरुप सर्भे भैसकेको छ । यसरी हेर्दा सोलुखुम्बु जिल्ला पाँचवटा विमानस्थल भएको जिल्ला हुँदै छ । खासमा कुलुङ जातिलाई हालसम्म कथित् ‘राई’ जातिमा गाभिएको अववस्था छ । कुन जाति÷थर हो ? भनेर सोध्नेहरुलाई कुलुङ जाति हो भन्यो भने उनीहरु ‘कुलुङ त राई होइन र ?’ भनी प्रश्न गर्छन् । वास्तवमा राईकरणको मारमा परेका कुलुङ मात्रै नभएर प्रायः सबै किराती जातिहरु राई जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी÷पगरी मात्रै हो भन्ने जानकारी नभएपछि कथित् राई जातिमा गाभिन वाध्य छन् । कुलुङ जातिले आफ्नो समुदाय कथित् ‘राई’ जाति नभएर अलग्गै जाति हो, त्यसैले कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनी जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिको पमा सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन गरेको पनि लगभग २० वर्ष भएको छ ।

स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो ।’ यस हिसावले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जातिहरुको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरु पनि छन् । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ भन्ने त माथि नै वर्णन गरीएको छ । जसरी नेपालका अरु जातजातिमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसरी नै कुलुङ जातिभित्रै विवाहवारी गर्ने प्रचन छ । किनभने, कुलुङ जातिभित्रै ३ सय ६० भन्दा बढी थर÷उपथरहरु छ । तापनि दुःखका साथ भन्नु पर्दा हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान छ । यसरी हेर्दा महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा, रहनसहन, गरगहना, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने गति लिन सकेको छैन । विकासले गति नसक्नुमा भगौलिक रुपमा महाकुलुङ क्षेत्र एकदमै विकट र कुना छ । त्यही भएर विभिन्न कालमा (नेपालको भगौलिक एकीकरणपछिको राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र, हालसम्म पनि) यहाँका कुलुङहरु अन्य जातजाति र विभिन्न राजनैतिक दलको भोट बैंक मात्र बनेको अवस्था छ । सन्दा र पढ्दा नमीठो लागे तापनि शिक्षा र चेतनाको स्तरमा पनि अन्यत्रका कुलुङहरुभन्दा महाकुलुङका कुलुङहरु पछाडि नै छन् । यसो हुनुमा महाकुलुङ क्षेत्रविगत लामो समयदेखि ‘होमोजेनोस्’ वा भनौं कुलुङहरुको एकल वस्ती हुनु नै हो ।

अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैं महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि लागी परेका छन् । विभिन्न राजनैकि दलमा संगठीत भएका छन् । तत्कालीन छेस्खाम गाविस वडा नम्बर १ का पूराना र चल्तापूर्जा गाउँ स्तरका कुलुङ समुदायका नेता तथा समाजसेवी नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरुमा भोट माग्न आउने तल्लो भेगका नेता तथा कार्यकर्ताहरुले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ !’ भनेको अझै पनि झल्झली सम्झन्छन् । त्यो बेला तल्लो भेगका मान्छेहरुले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरु !’ भन्दा कुलुङहरु हाल दलित भनिने जातका मान्छभन्दा पनि सानो र तल्लो जात पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन् । तर, भोट भने, त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर कुलुङे भाङ्ग्रेहरु भन्नेहरुलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा भने धेरै नै चेतना र जागरण आइसकेकोमा नरमान गर्व गर्छन् । उनी थप्छन्, ‘अबका युवा पुस्ताले महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणको पथमा डोर्याउने छन् ।’

महाकुलुङ क्षेत्रमा किन र कसरी एकल जातीय वस्ती वा समाजशास्त्रीय भाषामा भन्दा “इन्डोग्यामस” भयो ? निश्चय नै जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगभन्दा पनि पर ‘सुपर सोनिक’ र ‘हाईपर सोनिक’ मा पुगेको मानिन्छ । हुन त केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलु लगायत ,विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । तर, कुलुङ जातिमा यसरी काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । यो पंक्तिकासँगको एक भेटमा महाकुलुङ क्षेत्रको गुदेल गाविसको चाचालुङ गाउँमा बसेका र, हाल बुङमा बसाई सरेर आएका रामकाजी सेन्च्युरी बिक स्वयम् आफैले चाचालुङगाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन् भने मोरोखु, वारोखु, गोक्तुलु लगायत थरका कुलुहरुले फलाम लगायत काँसा–तामाको काम गर्थे । तर, कामकै आधारमा छवाछत र भेदभाव गर्ने प्रचलन कल जातिमा थिएनछैन । मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ्खो÷लिक्खो) देखेको भनी बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार