काँग्रेस उपसभापति काफ्लेद्धारा बिद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री बितरण

  भीमकुमार बाँस्कोटा  64 पटक हेरिएको

फिदिम : नेपाली काँग्रेस पाँचथरका उपसभापति मित्रप्रसाद काफ्लले एक सय एक जना विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री प्रदान गरेका छन् ।आफ्ना स्वर्गिय बुवा रामप्रसाद काफ्लेको ९० औँ जन्मजयन्तिको अवसारमाकाफ्लेलेफिदिम नगरपालिका १३ जेभालेमा सञ्चालित सिंहसिद्ध आधारमभूत बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्रि प्रदान गरेका हुन् ।

जनसेवा समाज पाँचथरले आयोजना गरेको कार्यक्रममा काफ्लेले बिद्यार्थीलाई बिद्यार्थीलाई सामग्री प्रदान गरेका हुन् । ‘विद्यालयको शैक्षिक गतिबिधि र विद्यार्थीहरुको उज्वल भबिष्यमा टेवा पु¥याउने उद्धेस्यले सामग्री हस्तान्तरण गरेको हो,’ काफ्लेले भने ‘यो कार्यले विद्यार्थीहरुलाई विद्यालय आउन र पढ्नमा हौसला मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।’ उनले उक्त विद्यालयका लागि पाँच सय लिटर क्षमताको पानी थाप्ने ड्रम समेत उपलब्ध गराउने भएका छन् ।

पाँचथरको उच्च पहाडी क्षेत्रमा सञ्चालित यो विद्यालयमा चिसोकै कारण विद्यार्थीहरुलाई अध्ययनका लागि समस्या हुने गरेको थियो । ‘बिपन्न मानिसहरुको बसोबास भएको यो ठाँउमा चिसोका कारण विद्यार्थीहरुको पढाइ प्रभावित हुने गरेको थियो,’ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राईले भने ‘अब त हरेक बिद्यार्थीले न्यानो कपडा पाएका छन् । कसैले पनि चिसोले काम्दै कक्षामा बस्नु पर्दैन ।’विद्यार्थीहरुले न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यालयको शिक्षण सिकाई प्रक्रियामा राहत मिलेको राईको भनाई छ ।

जनसेवा समाजले जिल्लाका बिपन्न र बिपत्तिमा परेकाहरुलाई सहयोग जुटाउन समन्वय गर्ने काम गर्दै आएको छ । समाजका अध्यक्ष राजेन्द्र अधिकारीको समन्वयमा काफ्लेले न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

यसैबीच चार जना बिद्यार्थीलाई व्यवस्थापन समिति अध्यक्ष राईले बिद्यालय पोषाक प्रदान गरेका छन् । बिपन्नताका कारण पोषाक किन्नै नसक्ने परिवारका विद्यार्थीलाई राईल पोषाक प्रदान गरेका हुन् । ‘बिद्यालयले निर्धारण गरेको पोषाकमा विद्यार्थीलाई नदेखेपछि उनीहरुको बारेमा चासो दिए,’ राईले भने ‘पोषाक किन्न समस्यामा परेको पाएपछि उनीहरुलाई पोषाक उपलब्ध गराएको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार