राष्ट्रसेवक सहकारीको २० औं साधारणसभा

  नयाँ बुलन्द  95 पटक हेरिएको

 

पाँचथर : राष्ट्रसेवक सहकारी संस्था फिदिमको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष खड्ग बहादुर बोहोराले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष यामबहादुर चौहानले गत आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै जम्मा रकम २ करोड ११ लाख २ हजार ७ सय ४८ रुपैयाँ रहेको विवरण साथै आगामी वर्षको प्रस्तावित कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।


जस मध्ये निक्षेप बचत तर्फ १ करोड ३४ लाख २५ हजार ३ सय ६१ , बाल बचत तर्फ ३३ लाख २३ हजार ७ सय ९ रुपैयाँ र १ करोड ७१ लाख ८५ हजार ७ सय ६६ रुपैया बराबरको ऋण लगानी भएको उनले प्रतिवेदन पेश गरे ।

यसैगरी, कोष हिसाव १ करोड ५८ लाख २ हजार २ सय २७ रुपैयाँ,कोष बाँडफाँड तर्फ १ लाख २१ हजार ३ सय ३६ रुपैयाँ र संस्थाको कुल आम्दानी २० लाख ६६ हजार ४ सय ६३ रुपैयाँ रहेको जानकारी गराए ।

कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु निर्मलकुमार श्रेष्ठ र खड्क बहादुर राना,असल ऋणी प्रेम प्रसाद भट्टराई,असल बचत कर्ता श्रद्धा थापालाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा सबैभन्दा बढी ३.१  जिपिए ल्याउने प्रतिमा मिश्र र स्नातक तहमा ७६.०७ प्रतिशत अंक ल्याइ पास गर्ने कोपीला कार्कीलाई समेत सम्मान गरेको थियोे ।

संस्थाका अध्यक्ष खडग बहादुर बोहेराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष ठमेन्द्र पौडेल,जिल्ला सहकारी संघ पाँचथरका सह-सचिव रामप्रसाद बाँस्कोटा,जिल्ला कृषि संघका अध्यक्ष प्रेम ओझा,निजामती कर्मचारी संगठनका अध्यक्ष प्रकास अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार