नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

  नयाँ बुलन्द
0 Shares


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १३२ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार