सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्री बोहराले दिए राजीनामा

  नयाँ बुलन्द
0 Shares

 

 

(फाइल तस्वीर)

काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे पत्रकार सम्मेलन गरी उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी ओली समूहका हुन्।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार