इलाम : किरात राई विद्यार्थी संघ उपत्यका कार्य समितिको ११ औं सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा सम्पन्न सम्मेलनले सन्जिव कोयु राईको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य चयन गरेको छ ।
संघका केन्दृय अध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा उपत्यका भित्रका बिभिन्न क्याम्पस स्कुल साथै काठमाडौ भक्तपुर र ललितपुर जिल्लाहरु बाट प्रतिनिधिहरु सहभागि भएका थिए ।
सम्मेलनमा संघका केन्द्रिय महासचिव अन्जिल राई सचीव अशोक राई सङ्गठन बिभाग प्रमुख झिल खिम्बुले महिला बिभाग प्रमुख शिल्पा राई केन्द्रिय सदस्यहरु सजिना याम्फु राई,भुमिका राई,इशाक राई अतिथिको रुपमा सहभागी भएका थिए।
त्यस्तै राज्यद्वारा वेपत्ता पारिएका सस्थापक नविन राईलाई सिघ्र सार्वजनिक गरिनु पर्ने माग राख्दै आफुहरु संघले बोकेको लक्ष्य उदेश्य अनुरुप निरन्तर संघर्ष गरिरहेको सम्बोधनका क्रममा केन्द्रिय अध्यक्ष रामचन्द्र राईले बताएका छन् ।
देशमा जातिय, भाषिक, साँस्कृतिक, सामाजिक, राजनितिक, आर्थिक विभेद कायम रहेकोले आफुहरु उक्त सबैखाले बिभेदको अन्त्य सहित सामाजिक न्याय, समनता, अधिकार र पहिचानको लागि लामो समय देखि निरन्तर संघर्ष गरिरहेको बताए ।
महासचिव राईले १ नम्वर प्रदेशलाई किरात प्रदेश नामकरण गरिनु पर्ने आफुहरुको माग रहेको बताए।साथै आसन्न १२ औ राष्टृय जनगणनामा आफ्नो समुदायको सहि तथ्याङक लेख्न लेखाउनको लागि अभियानमा निस्किएको समेत बताए ।
बर्तमान सरकारले संसद बिघटन गरेर देशलाई प्रतिगमन तिर धकेलेको बताउँदै उक्त असवैंधानिक कदम सच्याउन नेपाल सरकारको ध्यानकर्षण गराउनु भयो। सम्बोधनकै क्रममा अध्यक्ष राईले आफुहरु संघलाई मजबुत बनाउन सङ्गठन बिस्तारमा तिब्र रुपमा लागि पर्ने र सवैलाई साथ दिन अनुरोध समेत गरेका छन् ।
कार्यक्रमलाई सचिव अशोक राई सहितका अतिथिहरु झिल खिम्बुले शिल्पा राई,सजिना राई भुमिका राईले सम्बोधन गरेका थिए
। नव गठित कार्यसमितिमा उपाध्यक्षहरु रक्षा राई, विरास राई सचिव अनन राई सह सचिव सुमन राई कोषाध्यक्ष सुजित राई रहेका छन् । त्यस्तै सदस्यहरुमा अमृत राई, मनिशा राई टाईसन राई, मेलिना राई, मिलन राई, बिरन राई, समीर राई, हेमन्त राई, सुबास राई, निश्चल राई, स्माईल राई, प्रशांसा राई रहेका छन् ।